.

Friday, August 9, 2013

गजल (नेता)

जनता सामु नेता झुक्नेछन एकदिन
बौलाहा कुकुर झै भुक्नेछन एकदिन

यस्तै पाराले देश यो बिगार्दै गएभने
सबैले यिनलाई थुक्नेछन एकदिन

... आउछ कुनै दिन गणतत्र नेपालमा
भ्रष्टचारी नेताहरू लुक्नेछन एकदिन

नपाएसी रित्याउन यो देशको ढुकुटि
बिचारा लौरो जस्तै सुक्नेछन एकदिन

सिङगो नेपाली एकसाथमा जाई लाग्दा
हेर्दै जाऊ सत्ता बाटै चुक्नेछन एकदिन

विवश ज्ञवाली (असफल प्रेमी)
दिमिक स्याङ्जा
हाल ः यू ए ई

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग