.

Friday, August 9, 2013

गजल (म विवश)

कसैको झिनो आसमा बाँच्न विवश छु
साँच्चै जिउदो लासमा बाँच्न विवश छु

मेरै नियति भनु या दैवले ठगेपछि
फेरि उसैको दासमा बाँच्न विवश छु

मुटु पोल्छ तन पोल्छ भनु कसलाई
केही पाउने आभासमा बाँच्न विवश छु

स्वार्थिरहेछ दुनिया रमिते मात्र बन्यो
सबैबाट उपहासमा बाँच्न विवश छु

देशै छोडि आज प्रर देश लागेपछि,

एकैमुठी सासमा बाँच्न विवश छु

अब लाग्छ छिट्टै हुन्छु होला परलोक
किनकि एक गासमा बाँच्न विवश छु

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग