.
Showing posts with label उपन्यास. Show all posts
Showing posts with label उपन्यास. Show all posts

Monday, March 10, 2014

उपन्यास को एक भाग

बाहिर एकनासले झरी परिरहेका छ , आकाशमा बादलु डम्म भरिएको छ, त्यही बादलु बादलबाट पानीका थोपाले तप्प तप्प हमनाथको घरको छाना हुदै दिमिक बस्ती पुरै ढाकिरहेको छ, मानौ आज कतै सानो समुद्रको बस्ती भित्र रोमलिरहेको छ गाउँ मानौ आज सुनामीका केही छालहरू दिमिक बस्तीमा तैरिरहेका छन, आकाशमा बेला बेला जोड जोडले आवाज आइरहेको छ गडङ्–गढ्ङ् योसँगै बिजुलीका झिल्काहरू घरको ढोकाबाट प्रवेश गरेर भित्र कोठामा विलाएमान भएका छन, मानौ आज यहाँ कुनै रंगमन्चमा लगाइएका लाइटहरूको प्रकाश जस्तो देख्न सकिन्छ,।

हुमनाथ जुरुक्छ उठ्छन कपाल मुसार्छन, अनि भन्छन हे राधा आज स्कुल जान पनि मन लागिरहेको छैन हेर त पानी पनि कति परेको होला बाटो सबै हिलाम्मे भएको छ खै के गरु गरु नजाऊ भने हेड मास्टर परियो जाऊ भने पनि पानी परिरहेको छ कतै ठुलै विपत्ती निम्तेउला जस्तो गरेर त्यो माथि पनि मेरो अब जागीरको कुनै ठेगान छैन कति दिनसम्म चल्ने हो, कति दिनसम्म पढाउन पाइने हो त्यो स्कुलमा पनि उफ् स्वस्केरा हाल्छन र फेरि राधातिर एक टकले हेर्दै भन्छन हेर बुढि कस्तो कर्म रहेछ मेरो सानो छदा पनि धेरै दुःख पाए बाबु पनि सधैँ को परदेशी भए घर परीवार बाले कहिल्यै सम्झेनन् छोरा सम्झेर , एक फुटी कौडि दिएनन् सधैँ यिनै आमाले दुःख गरीन, मेलो पात गरीन, मेरो निम्ति दशधारा बगाइन, बिचरी आमाले कहिल्यै दिन भनिनन्, कहिल्यै रात भनिनन् जस्तो सुकै परिस्थीमा पनि मलाई हुर्काइन बढाइन र एउटा राम्रो शिक्षक बनाउन सफल भइन, एकछिन रोकिन्छन हुमनाथ मुख मनिलो बनाउछन र आँशु खस्ला जस्तो आँखाले हेर्छन राधालाई र पून भन्छन त्यो बेला यी बाले पढ्न पनि दिदैन थ्ये पढेको देखे त किताब कापी खोसेर मिल्काइदिन्थे, कति कुट्थे, मसँगै मेरी आमालाई पनि सुम्ला बसेका छन पिटाइका कति चोटहरू लागेका छन हामीलाई बाले पिटेर यस्तो परीस्थितिमा पनि मेरी आमाले बालाई छल्दै, मलाई निरन्तर पढ्न हौसायकी थिइन र एउटा गतिलो शिक्षक बनाएकी थिइन कठै मेरी आमा माहान छिन राधा माहान, कसरी बयान गरु निस्तब्ध छु राधा निस्तब्ध हुमनाथ एक ढिको आँशु झार्छन भुँइमा बररर आँशु पनि आँखाको ढिल हुदै नाकको दुई पोराको छेउ हुदै मुखबाट तल ओरालो लाग्छन र भुँइमा बजारीन पुग्छन.............
क्रमश
मैले लेख्दै गरेको उपन्यासको एक अंश
सबै पढ्नुहोस्

उपन्यास एक भाग

आज विहानै देखी काठमाडौको वातावरण निकै अलग देखिएको छ, हुस्सोले काठमाडुको पुरै खाल्डो ढाकेको छ, लागेको छैन घाम मधुर लाली छर्दै, देखिएको छैन सूर्य कहीं आकाशमा, सायद लुकेको हुनुपर्छ यो धर्ती देखी, सायद पलायमान हुनुपर्छ अर्को कुनै ग्रहतिर, त्यस्तै आभास भएको छ आज काठमाडौ बस्तीमा धेरै दिन पछि ।
हुमनाथ सिरक बाहिर हटाउछन आफ्नो शरिर देखी, दुवै हात लैजान्छन बिस्तारै आँखाको वरिपरि अनि मिच्न थाल्छन दुवै आँखाहरू, अनि बिस्तारै खोल्छन आँखा चिहाउछन् झालको बाहिर पट्टि उफ कस्तो हुस्सु लागेको होइन यस्तो हुस्सु त मैले देखेको थिइन धेरै साल भो आज किन यति साह्रो हुदैछ मनमनै गुनगुनाउछन, फत्फतिन्छन एकोहोरो अनि जुरुक्क उठछन् बिस्तारा देखी लगाउछन चप्पल अनि छिर्छन स्नान कक्षतिर ।
केही बेरको स्नान पछि पून पुरानै चुलो चौकोतिर काम गर्न थाल्छन पकाउछन चिया लगाउछन सुर्पि तर खै किन आज हुमनाथको मन निकै उराठ र उजाड भैरहेको छ, आज धेरै दिन पछि किन याद आइरहेको छ गाउँ घरको, किन सम्झिरहेका छन प्यारी राधा अनि स साना छोराछोरीहरू बुझ्न सकिरहेका छन । यस्तै कुरा खेलाउदा खेलाउदै सिद्धायछन चियाको सुर्पी पनि राख्नछन गीलास जुठेल्लानामा अनि केही अध्यानतिर लाग्छन तर आज उनको मन अध्ययनमा पनि लागिरहेको छैन, त्यसैले त पढिरहेको पुस्तकलाई पुन बन्ध गरेर भान्छा कोठामा प्रवेश गर्छन र बनाउन लाग्छन बिहानी खाना । पखाल्छन चामल बाल्छन चुला अनि बसाल्छन भात, केही बेरको फत्र फत्र आवाज सहित भात तयार हुन्छसँगै तरकारी पकाउछन अनि खाना खाएर लाग्छन जागीरतिर ।
करिब आठ घन्टाको जागीर सिद्धायर फर्किरहेका हुमनाथको मन अँझै पनि शान्त हुन सकिरहेको छैन नत काठमाडौमा बिहानै देखी ढाकेको हुस्सुले छाडेको छ । हुस्सुका कारण आज पाँच बजेनै अन्धकार लाग्न थालेको छ काठमाडौ बालिएका छन बुजुलीहरू घरहरूमा, बालिएका छन बत्ती सडकका छेउ छाउमा, उनी यही प्रकाशलाई छिचोल्दै सवारी साधन अगाडि बढाइरहेका छन दुगुराइरहेका छन बागबजारको भित्री सडकमा एकनासले, एकैछिनमा आकासे पुल निर रत्नपार्क चोक निर आइपुग्छ सवारी साधन टक्क रोक्छन अनि हेर्छन घण्टाघरलाई, निहाल्छन रानी पोखरीलाई अनि चिहाउछन राजदरबार अघिको सडकलाई सबै एकनासले चलिरहेकाछन घण्टा घरको घडी पनि समयको सुचित गर्दै दुगुरिरहेको छ एक नाशले, रानी पोखरी छेउ निर पनि मान्छेहरू ओहोर दोहोर गरिरहेका छन एकनाशले, अनि रत्नपार्कमा पनि मान्छेहरू आफ्नै तालले हिडिरहेका छन कोही चित्याइरहेका छन, कोही व्यापार व्यावसाय गरिरहेका छन, केही बेरको हेराइ पछि सवारीलाई बाँया मोड्छन अनि हुत्तिन्छन खुल्ला मञ्चको अगाडि पट्टिका सडकहरूमा सवरीले क्रमश पुरानो बसपार्क बाग बजार सबैलाई पछि पारिरहको छ उनी निरन्तर अगाडि बढिरहेका छन, केही बेरमै सहिद गेट निर पुग्छन एक फन्को मार्छन निर्जीव सालीकहरूलाई अनि मनमनै प्रणाम गर्छन यी विभूतिहरूलाई अनि हुकिन्छन आफ्नै रफ्तारमा सुन्धारा तिर अनि पुन दाँया मोड्छन सवारी साधनलाई अनि उही रफ्तार मनमा अनेकौ दुविधा सहित दुगुरिरहन्छन आगाडि अगाडि । पुन अर्को आकासे पुल पछडि त्यसको केही केही बेरमै ढेङ्ग आवाज ढोकिन पुग्छ कानमा अनि
बिचरा हुमनाथ पछाडि फर्कन नपाउदै पछारिन पुग्छन सडकको एउटा कुनामा टेक्न पुग्छन हात मुखले त्यो दरदराउदो सडकमा अनि आवाज निकाल्छन आमा आमा । मान्छेहरू जम्मा हुन्छन एकैछिनमा तर हुमनाथ बेहोसी अवस्थामा लडिरहन्छन सडकमा निकाल्छन कानबाट रगत निरन्तर उछिन्टिन आगाडिका दातहरू सडकमा छरपस्त अनि थिलथिलिन हुन पुग्छन सबै अंगहरू एकै झड्कोमा त्यो कोलाहाल वातावरणमा त्यो अनौठो सडकमा अनि अर्धचेत अवस्थामा छटपटीरहन्छन निरन्तर बास निरन्तर
...............
क्रमश 
सबै पढ्नुहोस्

Monday, March 3, 2014

उपन्यास

उपन्यास 

आकाशमा चम्किरहेको जून त्यसको वरीवरी आफ्नै प्रकाश दिएर चमक चमक गरिरहेका तारा जूनको प्रकाशले केही उज्यालो गराइरहेको धर्तीमा एकटकले हिडिरहेका हुमनाथ टक्क अडिन्छन् बस्तीको बाहिर पट्टि अनि स्वस्केरा काट्छन, टाउकोमा ढल्किएको ढाका टोपी एउटा हातले समातेर ढोकाको भित्र चिहाइ चिच्याउछन हे राधा, हे राधा के गर्दैछौ, भित्रबाट आवाज आउछ ए हजुर पो म भक्खरी केटाकेटीलाई खान दिएर बसेकी नि, फेरि हस्याङ् फस्याङ् गर्दै बोल्छिन तपाई त छिटो आउछु भन्नुभएको थियो यति राती किन के भयो धेरै अबेला पो आउनु भो त ?? हुनमथान केही नबोली टक्क अडिन्छन त्यही बेला हावाको एक झोका हुत्तिएर ढोकाबाट भित्र पस्छ अनि चिसो बनाउछ सबैका शरिरहरूलाई, हुमनाथ केही बेरपछि स्वकेरा हाल्छन र भन्छन खै राधा जीवन जीउन अब सहज होला जस्तो लाग्दैन सबै कामहरू उल्टो चलिरहेका छन बाबै के गर्ने के नगर्ने म त केही सोच्न नै सकेको छैन, यी छोराछोरीको भविष्य के हुने होला ?? खै तिमीहरूलाई अब सुख दिन सक्दिन होला बाबै बोल्दा बोल्दै गला अबरुद्ध पार्छन अनि ख्याक्क ख्याक्क गर्छन, त्यत्तिकैमा अगेनाको छेउमा आगो तापिरहेका हुनमाथका बा एक सस्को चुरोट तान्छन् फुहु गर्छन चुरोटको धुवा अगेनाको माथि माथि मठारिदै दलिन निर गाएर फुट्छ र बिलिन हुन्छ अनि फेरि भन्छन के भो छोरा किन उदास मन लिए जस्तो देखिन्छन त बाबु के भो र हाउ त्यस्तो यो उमेरमा किन यसरी बेतालका कुरा गर्दैछस्, उता पल्लो पट्टिबाट हुमनाथ बोल्छन खै के भनु बा भन्नै अप्ठेरो भएको छ अबका दिनहरू हाम्रा राम्रा होलान जस्तो छैन यो बजिया ग्रह पनि मैलाई किन यसरी परिरहेको छ बुझ्न सकेको छैन केही साल पहिले मात्र खेत बेच्नु पर्यो केही होला त्यो पैशाबाट भनेको थिए तर खै केही होला जस्तो भएन आज फेरि दश साल देखी चलाएको सोसाइटिमा कुन मोराले घोटाला गरेछ कुन्नि म केही दिन चलाउन सकेको थिएन आज त एक्कासि छ लाखको कारोबार नोक्सान देखिन्छ त्यो पनि सबै मैले नै बेहोर्न पर्ने हुदैछ, बा अब हाम्रा दिन गए जस्तो लाग्छ, बा पून एक सर्को चुरोट तान्छन मुहार रातो रातो पर्छन र जोड्लै धुवा फाल्छन हावामा फुहुुहु अनि खेएक थुक्क गरेर थुकेपछि पुन भन्छन के गर्छस बाबै दिन लागेपछि सबै नराम्रो हुदो रहेछ तैलै पनि जानेर गरेको होइन क्यार अब भयो त पिर मानेर हुन्छत बाबु पिर नलिग अब त जेठो नाति प्रदिप पनि ठुलो भैसकेको छ केही जान्नी बुझ्नी भैसकेको छ अब केही साल पछि दुबइ कतारतिर पठाउला अनि सबै ठिक हुन्छ बाबै यसरी पिरलो नमान, एकछिन वातावर मौन रहन्छ त्यत्तिकैमा खाना सकेर हुमानाथका छोराछोरी ए बाबा आउनु भो भन्दै दुगुर्दै आएर पिढिको एक छेउ बस्दछन अनि बाबा बाबा किन यति राती आउनु भएको किन आमाले कति पिर मान्नुभएको थियो भनेर गुनगुन गरिरहन्छन...............
सबै पढ्नुहोस्

उपन्यास

उपन्यास 

घ्वाङ् घ्वाङ् अचानक ठुलो आवज सहित डोजर प्रवेस गर्यो दिमीकको बिच बस्तीमा, भत्काउन थाल्यो पल भरमै डाँडाँ काडाँहरू, गराउन थाल्यो समथर बाटो पलभरमै, अनि फोड्न थाल्यो ठुला चट्टानहरू बड्म बड्म, गाउँलेहरूे छिनभरमै जम्मा भए हरी, गोपाल, भरत, नारन, चक्रपानी, हुम नाथ अनि राधारहरू, ओइरीन थाले केटाकेटाहरू र चिच्याउन थाले लौ डोजर आयो लौ डोजर आयो, बुढाबुढिहरू एकआपसमा कुराकानी गर्न लागे होइन यो त भिम नै रहेछ कि क्याओ बाबै यति ठुलो पहाड पनि छिन भरमै टुक्रा पार्छ त गाठे, कुरा काटदै हुम नाथ कि आमा भन्छिन होइन ए ठुली यो त भाले हो कि पोथी हो खान्छ त यत्रौ माटो उठाउछ त यत्रो माटो एकै छिनमा हामीले एउटा डोको भरी बोक्न नसक्ने माटो एकैचोटि उठाउछ त होइन यो त कान्छी जेमराज नै हुनुपर्छ यो त माथि स्वर्गतिर बाटै आएको हुनपर्छ हनुमानले जस्तो पहाड उठाछत गाठे, तल्लो घरे साहिली चिच्चाउछन होइन ए हुमे कि आमै यसले खाना कहाँबाट खान्छ हेर त कति खादो हो नभए कसरी बल आउछ आउछ यसरी ?? प्रश्न उत्तर एकटकले चलिरहन्छ । उता पल्लो पट्टी हुम नाथ गमक्क परेर गफ छाड्छन होइन हरी प्रसाद बा अब त गाउँ पनि विकास हुने भयो, नून तेल लिन गल्याङ्सम्म धाउन नपर्ने भो आउनु भो यही डुन्नराजको पसलमा, मिल्ने भो सस्तो अनि खान पाइने भयो तोरीको तेल तराईको पहाडमा बसे पनि, हरी प्रसाद बा मुख उज्यालो पर्छन कपाल मुसास्छन अनि लामो दाह्रीलाई काइयो कोर्दै भन्छन ठिक भनिस बाउ अब छोरा नातिले गल्याङसम्म धाउन नपर्ने भो हाम्रा पैसा नपर्ने डाँडाहरूको पनि भाउ बड्ने भो अब केही होला जस्तो छ है बाबै त्यही बेलमा उता पट्टि रुख ढल्छ जोडले पट्ट्ट झडम्म भुईमा पछारिन्छ, उड्छ धुलो फुङ्ङ् मडारिन्छ बस्तीहरू बिच केही बस्तु नदेखीने गरेर अनि हावामा बिस्तार बिस्तार गोले पर्दै उड्छ माथि माथि लाग्छ सिखरडाँडातिर र बिलिन हुन्छ कुनै कुनामा गएर त्यही पलमा चित्याउछन बुद्धबाहादुर होइन हो यी केटाकेटीलाई कत्तिभन्दा पनि नहुने हाउ अल्ली पर बसेर हेर न मोराहरू अहिले रुखले लाग्ला र मोरौला सिंनाहरू जतिभन्दा पनि हुदैन है यी बाँदरहरूलाई, उता केटाकेहीरु बाँसको सुप्लो लिएर कुरै नसुनी घिसेरी खेल्छन दुर्गुछन डोजरको पछि पछि लौ गुरुजी हामीलाई पनि चडाउनुस न डोजरमा भन्दै, लाग्छन बेतोडले आँखै नहेरी समाउछन कट्टु एक हातल टोक्छन कमिज मुखले अनि निरन्तर भागिरहनछन उही चालले केही नसुनि, पत्रत्त आउछ आउछ हेर्छन सबै एकटकले बिचरो खसेछ काल्लाबाट पुगेछ खोली निर लौन के भो चिच्याउछिन हुन नाथकी आमा हुन्छन सतर्क सबै जाना अनि दुर्गुछन प्रदिप भएको ठाउँमा उठाउँछन अनि भन्छन यी मोराहरूलाई जति भने पनि लाग्दैन हेर बिजोक, प्रदिपका नाकका दुई पोराबाट रगत बगिरहन्छ निरन्तर त्यो देखेर हुम नाथ फेरि चिच्याउछन होइन यो केटाले अगिनै भनेको नभाग है नभाग यसरी पछि मरे सुन्ने होइन कति दुःख दिएको यसले पनि एैले देखीछ बल्ल उठाउछन हात मुठि कस्छन अनि ताक्छन गालामा अनि जोडले लैजान्छन तर मन फेरिएछ तल्कालै हान्दैनन हात तल झड्कार्छन अनि भन्छन तँलाई भोलिबाट आउलास डोजर हेर्न थुनेर राख्नेछु घरमै उताबाट हरी प्रसाद चिच्याछन ए हुन नाथ छाड् छाड् केटा केटी हो यस्तौ त भैहाल्छ रिस थाम बा रिस थाम के गर्छस बच्चा बच्ची खेल्ने मन त भैहाल्छ नि पुलुक्क हेर्छन हुमनाथ अनि अनि छोराको हात समाएर एकटकले रगत बगरिरहेको प्रदिपको नाक हेर्छन, दुर्गुछन छेउमा टिप्छन बनमासको मोन्टा मिच्छन हातमा अनि रस निकाल्छन र लागाइदिन्छन प्रदिपको नाकमा प्रदिप बस हेरिरहन्छ एक टकले बाबुलाई बस बाबुलाई 
सबै पढ्नुहोस्

उपन्यास

चारैतिर ठुला ठुला पहाड, त्यही पहाडको वरिपरि झुप्प परेका बस्ती अनि वरिपरि केही भिरालो परेको भुभाग र केही समथर भूभाग, दक्षीणतिर नाकै छुने जस्तो पहाडको बिच भागमा संघाहा फाँट त्यसैको केही तल सलसल बगिरहने पवित्र गंगास्थल काली गंगा जुन वर्षे भरी आफ्नै रफ्तारमा निरन्तर शुशेली हाली बगिरहन्छिन त्यसैको वारि पट्टि पाँच सय मीटरको सानो पहाड अनि त्यही पहाडको माथि पट्टि झुम्म परेर बसेको कुमाल्दि बस्ती र कुमाल्दि बस्तीभन्दा पूर्व तर्फ चार घर मिलेर बसेको बस्ती जसको नाम पल्लाटि बस्ती, जसको अगाडि दुईहजार एक्चालीस सालमा निर्माण गरिएको श्रीगणेस प्रथामिक विद्यालय । यही विद्यालयको माथि पट्टि साउपारी बस्ती जहाँ एक दर्जन मान्छेहरूको बसोबास रहेको छ त्यसैको ठिक पूर्व धनमासी बस्ती जहाँ चार परीवार मिलेर बसेका छन भने धनमासीको बिचैमा ढुन्नराजले सानाे पसल थापेर वर्षाै देखी बसीरहेका छन त्यसैकाे माथी पट्टि केहि बस्तीहरू बसको पाइन्छ जसलाइ पनि धनमासी क्षेत्रमै गाब्न सकिन्छ जसको बिच भागबाट गल्याङ देखी रामपुर सम्मको गोरेटो बाटो गएको छ यहि बाटोलाइ पच्छाउदै अाउदा साउपारीको पश्चीम पट्टि चक्रपानीको घर र चक्रपानीको घर माथि तीन तलामा सजिएको आँगनको छेउमा मन्दिर भएको छानोमा टलक्क टल्किने खैरौ जस्ता लगाइएको अनि भित्ताहरूमा सेतो कमेरोले पोत्तिएको निकै सुन्दर घर जहाँ हुमनाथका परीवार बसोबास गरिरहेका छन वर्षो देखी । हुमनाथको घरभन्दा माथि पट्टि घर्ती टोल जुन यो गाउँको एकमात्र घर्ती समुदाएको बस्तिरहेको छ जसले एउटा गमीलो जातिएताको सामिप्यता झल्काएको छ त्यसैको थोरै माथि थामडाँडा बस्ती र त्यो भन्दा माथि सिखरडाँडा, सिखरडाँडाँको ठिक मुनी ठुलाचौर बस्ती र ठुलाचौर बस्तीभन्दा पश्चिमतिर पल्लो दिमिक बस्ती बास्तबमा रोचक लाग्छ यो सुन्दर अनि रमणिय ठाउँ देखेर जहाँ बस्ती बस्तीको छेउबाट कलकल निरन्तर बगिरहने खोलाहरू छन जसको नाँम धोद्रे खोला, गुह्य खोला आदि आदि चारैतिर खेत र बारीका पाटाहरू छेउ छेउमा ठुला ठुला चिलाउने काभ्रो बडहर, खएर, साल सिस्नो आदि आदिका झ्याम्म परेका रुखहरूले सोभायमान, झट्ट हेर्दा पहाड देखिए पनि यहाँ निरन्तर आइरहने बुटवल पावर कम्पनी अँझ भनु आधिखोला जलबिधुत आयोजनाबाट आउने पानीले गर्दा यो गाउँ बाह्रै मास हरीयाली र सुन्दर देखिने गर्छ अँझ यहाँ पाइने विभिन्न प्रजातीका चराहरूले यो गाउँलाई निकै मनमोहक बनाउने गरेको छ । यही सुन्दर बस्तीको एक भुभागमा बस्ने हुमनाथको परीवार साच्चै नै आज निकै खुसी र सुन्दर देखिन्छ, देखिन्छ आफ्नो जीवनको स्वर्णीम पलमा बसे जस्तो, देखिन्छ स्वर्गको कुनै स्वभाएमान बस्तीमा बसेर जीवीका चलाए जस्तो कति खुसी छ यो परीवार अनि कति रमाइरहेका छन यो परीवारका सदस्यहरू लाग्छ यही नै यिनीहरूको लागि जीवनको सबैभन्दा सुन्दरम बस्तु र बिचित्र खुसी परीवार छ जस्तो बास बिचित्र
......................................
क्रमश 
सबै पढ्नुहोस्

स्मृति–संग्रहमा


श्रुति–संवेग