.

Thursday, August 8, 2013

गजल (यसै गरी)

हाँस्दा सँगै रुदा फकाई सधै यसै गरी
माया गर्छु प्रियसीलाई सधै यसै गरी

ईष्या गरुन लैला मज्नु चाहे अन्य कोही
बढाउने छु हाम्रो उचाई सधै यसै गरी

... दुःख पिर पर्यो भने लाउन खान कतै
जति सक्छु दिन्छु कमाई सधै यसै गरी

जिन्दगी यो एक बारको पाइदैन सधै
बन्ने छैन आफै मपाई सधैँ यसै गरी

फुल रोपेर बगैचामा माया पिरतीको
मिली जुली सर्छु बसाई सधैँ यसै गरी
===================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमिक स्याङ्जा
हाल यू ए ई

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग