.

Thursday, August 8, 2013

गजल ( जिन्दगीमा )

आफ्नो को हो गार्हो भयो चिन्न जिन्दगीमा
माया मोह पाइने हैन किन्न जिन्दगीमा

तिम्रो पनि रातै रगत उस्को पनि उस्तै
तर किन मान्छे मान्छे भिन्न जिन्दगीमा

... शुखी हुदासँगै बसी तेरै हुँ भन्ने लेनै
दुःख पर्दा अँह साथ दिन्न जिन्दगीमा

उस्को लागि जुन तारा झार्छु भन्छ कठै
प्रेम पथमा सक्ने होइन हिन्न जिन्दगीमा

सिन्दुर पोते परेपछि नखोज है बिन्ती
पराई को हातबाट छिन्न जिन्दगीमा

जानिसके जीवन केहो राम्रोसँग मैले
मृत्यु सम्झी कत्ति पिर लिन्न जिन्दगीमा
====================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमिक स्याङ्जा
हाल यू ए

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग