.

Sunday, April 20, 2014

गज़ल (अनि बल्ल देख्छौँ माया)

छाती चिर्नु मुटु चिर्नु अनि बल्ल देख्छौँ माया
खुसी भए आफै भित्र झल मल्ल देख्छौँ माया

भुँई बसी चन्द्र छुने सपना देख्नु व्यार्थ हुन्छ
बगिरहने खोला हेर सल लल्ल देख्छौँ माया

छुरा रोपी किन हिड्छौ सानो तिनो कुरा माँनी
धोका गरे छल गरे बल्ल तल्ल देख्छौँ माया

काँडा पनि फूल सम्झी आत्म साथ गरी हेर
हिरा जस्तो मोती जस्तो टल टल्ल देख्छौँ माया

अँझैँ पनि प्यासी बनी हिडे्को छ गाउँ शहर
विवश ताको मुटु छाम कल कल्ल देख्छौँ माया

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग