.

Sunday, April 20, 2014

गज़ल (हरायो भने के गर्छेउ त ?)

तिमी प्रति मेरो माया हरायो भने के गर्छेउ त ?
कतै मलाई अरुले मन परायो भने के गर्छेउ त ?

माया प्रेम विश्वास धोका यो त सबै चलिरहन्छ
बास बसाई दिल्मा कोही सरायो भने के गर्छेउ त ?

हिजो पनि मुटु बेच्न हिडे्को थियो भन्ने सुन्थ्ये
पागल प्रेमी नजिक आई करायो भने के गर्छेउ त ?

जवानी त बर्खे भेल हो जता बाढि उतै पहिरो
फूल गोढि भमरा त्याँहा चरायो भने के गर्छेउ त ?

घुम्टो ओढि बादलुको बसेको छु विवश तामा
नाता जोड्न तिम्रो मन डरायो भने के गर्छेउ त ???

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग