.

Sunday, April 20, 2014

गज़ल ( राधा नाँच्दा मथुरामा)

जगत कि असल नारी राधा नाँच्दा मथुरामा
डाँफे नाँच्छ मुनाल नाँच्छ हिमालको टाकुरामा

असल कार्य नित्य कर्म गरिरहने बीर हामी
बुद्धि हुन्छ तागत हुन्छ नेपालीको पाखुरामा

आफ्नै जस्तो मानेपछि रुन खोज्छ मन आज
भोक मरीले सताउदा बझाङ् र बाजुरामा

कस्तो चाहा कस्तो मोह होला रखै प्रकाशको
साँझ बिहान रंग फेर्छन हिमालका चुचुरामा

गरिबी को चपेटाले हानी दियो छाती भित्र
जीवन जीउन् विवश भाछु अपुरो र अधुरामा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग