.

Sunday, April 20, 2014

गज़ल (परेको छु सोध्नु सुनामीसँग)

म कति दुःखमा परेको छु सोध्नु सुनामीसँग
जवाफ पक्कै आउनेछु एकदिन मलामीसँग

जब माया र विश्वासमा घात भयो सरकार
मैलै दिल्को उपचार गरे डक्टर र धामीसँग

समाजमा हेप्ने परम्परा अँझै कायम भएपछि
परस्पर बिरोधी हुन पुगे ठुला मान्छे हामीसँग

गरिबी पीडा अनि परदेशी बसाई हुदा पनि
धेरै आश राखेका हुन्छन साहु आसामीसँग

सक्छौ आफै देश बनाएर देखाउन सक्छौ तिमी
के आश राख्छौ ए मनुवा म जस्तो बिरामीसँग

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग