.

Monday, April 14, 2014

गज़ल (यस्तै रैछ जीन्दगानी)

कैले बिछोड् कैले मिलन यस्तै रैछ जीन्दगानी
दुःख सुख हाँसो रोदन यस्तै रैछ जीन्दगानी

कर्कलाको पात माथि पानी परी तर्किए झैँ
ढल..पल हुने जीवन यस्तै रैछ जीन्दगानी

समय को चक्रव्युँह पार गर्न कठिन हुन्छ
माया प्रेम झुटो बन्धन यस्तै रैछ जीन्दगानी

जति धेरै बुझ्दै गयो उति झनै रोचक लाग्ने
जून तारा निलो गंगन यस्तै रैछ जीन्दगानी

सधैँ भरी चोट पीडा विवशता को प्रतिविम्ब
मनमनै गजल वाचन यस्तै रैछ जीन्दगानी

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग