.

Monday, April 14, 2014

गाजल ( साल फेरिएछ)

काम उही छ ठाउँ उही छ साल फेरिएछ
रुदाँ पनि हाँस्नु पर्ने अनौठो ताल फेरिएछ

जता जाऊ सुनसान् छन् बगरका बस्तीहरू
मान्छेलेनै मान्छे लुट्ने नौलो चाल फेरिएछ

पागल प्रेमी बनी मनी हिड्को थ्येँ याद बोकी
कलियुग लागेसँगै पापीनिको जाल फेरिएछ

छैन खुसी छैन हर्ष नयाँ साल लागे पनि
मात्र उमेर घर्कि गएछ कपाल फेरिएछ

विवश ताको चुदरीमा परे देखी आज भोलि
दुःख पीडा छेक्न बनाएको पर्खाल फेरिएछ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग