.

Monday, April 14, 2014

गज़ल ( कस्तो होला चाहा पनि)

नजर जुध्यो माया बस्यो कस्तो होला चाह पनि
पराई मान्छे मन्मा पस्यो कस्तो होला चाह पनि

उन्को मुहार हसीलो थ्यो जब मैले प्रताव राखे
तप्प आँशु भुईमा खस्यो कस्तो होला चाह पनि

जात भात पिरतीमा हुन्न भन्थे यस्तै सुन्थ्ये
बन्धन थियो झनै कस्यो कस्तो होला चाह पनि

पागल प्रेमी हिजो पनि मुटु बेच्न हिडेको थ्यो
माया जालमा फेरि फस्यो कस्तो होला चाह पनि

हिजो सुन्दर मान्छे आज विवशतामा परेपछि
जोगी भयो खरानी घस्यो कस्तो होला चाह पनि

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग