.

Monday, April 14, 2014

गज़ल (बादलुले छेकि दिन्छ )

खुल्न खोज्छु आकाश बनी बादलुले छेकि दिन्छ
भाग्य रेखा कस्तो मेरो साढे सातले टेकि दिन्छ

हावालाई रसी बनाई पुग्न खोजे गन्तव्यमा
चारै तिर बाढि पहिरो तुषारोले सेकि दिन्छ

पापीनीको चिनो भन्या तस्वीर थ्यो मन बुझाउने
वैरी भाव जागृत भयो प्रति बिम्भ फेकि दिन्छ

न आओ भो यादहरू विक्षिप्त यो महल भित्र
मलीन छ शालीन छ सुनामी भई झेकि दिन्छ

किन आउछौ भिक्षा लिन विवशको आँगनीमा
दुःख पीर भरी भराउ जम्मा गर्या ठेकी दिन्छ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग