लेखु भने सकिदैनन् जिन्दगीका पानाहरू
भुँईभरी पोखि दिन्छन् आँशुका यी दानाहरू
गाउँलेको झुपडीमा बास बस्छु सधैँ भरी
टालेका छन् फाटेका छन् लगाउने नानाहरू
हजुरत ठुलो मान्छे मासु भात खइसिन्छ
कैले खोले कैले सिस्नो यस्तै मेरा खानाहरू
धर्ती बिच आकाश ओढि निदाउछु सधै भरी
घाम पानी ओत लाग्ने छैनन् बरै छानाहरू
आफ्ना बाटै विवशता को भुमरीमा परेदेखी
दुःख बुझ्ने साथी भाछन् माउरीका रानाहरू
भुँईभरी पोखि दिन्छन् आँशुका यी दानाहरू
गाउँलेको झुपडीमा बास बस्छु सधैँ भरी
टालेका छन् फाटेका छन् लगाउने नानाहरू
हजुरत ठुलो मान्छे मासु भात खइसिन्छ
कैले खोले कैले सिस्नो यस्तै मेरा खानाहरू
धर्ती बिच आकाश ओढि निदाउछु सधै भरी
घाम पानी ओत लाग्ने छैनन् बरै छानाहरू
आफ्ना बाटै विवशता को भुमरीमा परेदेखी
दुःख बुझ्ने साथी भाछन् माउरीका रानाहरू





No comments:
Post a Comment