.

Monday, August 12, 2013

गजल, (जाँदा तिमी)

तेलमा पानी जस्तो तर्किएर जाँदा तिमी
मैलाई दोष दिई झर्किएर जाँदा तिमी

पागल हुन्छु होला यस्तै चाला रह्यो भने
सुस्त सुस्त अन्तै सर्किएर जाँदा तिमी

कोपीला मै गुलाफ सुकाउने चेष्टा गर्दै
पाप लाग्नेछ विष छर्किएर जाँदा तिमी

बाँच्न प्रकाश खोज्दा अतालिनु पर्यो धेरै
साउने झरी जस्तो दर्किएर जाँदा तिमी

भन्छन सब्ले अचाल विवश पागल भयो
पराई को अंगालोमा लर्किएर जाँदा तिमी
====================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमीक स्याङ्जा
हाल यू ए ई

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग