.

Sunday, August 11, 2013

गजल, (रमाए डाँडामा)

मनको व्याथा भुलेर सारा रमाए डाँडामा
बगेका मेरा आश्रुहै धारा थमाए डाँडामा

पुगेर माथि शिखर चुमी निहाल्दै प्रकृति
साथीर सङ्गी बिचमा गफ जमाए डाँडामा

नकोही सोधे नव्याक्त गरे खुसीको त्योपल
साँच्चैनै धेरै सौन्दर्य भित्रै घमाए डाँडामा

नटेक्ने लौरौ नथाम्ने हात सहारा थिएन
बिचरा मत थाकेर ढुङ्गा समाए डाँडामा

सुसेली हाली बगेको हावा बिचैमा रोकेर
गजल कोरी विवश नाम कमाए डाँडामा


विवश ज्ञवाली (असफल प्रेमी)

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग