रोउँ भने आँशु छैन सुख्खा छन परेलीहरू
हाँसु भने बज्दैन संगीत विहिन शुशेलीहरू
उजाड छु उजाड मत मरुभूमि यो शहरमा
मुटु फोडि गएका छन कठै मेरा सहेलीहरू
भौतारिन्छु कहिले काँहि पागल प्रेमी बनी यहाँ
देख्दा पनि रिसै उठ्छ अचेल मलाई चेलीहरू
मुटु भित्र अनेक पीडा सन्त्रापले ग्रस्त हुँदा
चुस्स चुस्स घोच्ने गर्छन हातका यी ठेलीहरू
फूलले पनि मुटु माँझ काँडा बनी घोचेपछि
बिल्कुल राम्रो लाग्दैन गुलाब चम्पा चमेलीहरू

No comments:
Post a Comment