यहाँ जसरी मान्छेहरू झुट बोलिरहेछन
ठिक त्यसरी सर्पले झैँ विष घोलिरहेछन
यसलाई कलियुग भनु या आधुनिकयुग
मानवहरू सडकमा कपडा खोलिरहेछन
हेर्नुहोस प्रकृतिका नियम कसरी फेरिए
यहाँ घामलेभन्दा जूनले पोलिरहेछन
पागले प्रेमीले हिजो उजुरी दिएको थियो
सरकार मायालाई पैशामा तोलिरहेछन्
वेश्या घरमा पुग्नुस मौसुफ आफै देख्नुहुन्छ
कसरी त्यहाँ जवानीलाई पैशामा मोलिरहेछन
विचित्र संसार देखेर मलाई यस्तो लाग्दै छ
यहाँका हरेक बोलीहरू त एक गोलिरहेछन
ठिक त्यसरी सर्पले झैँ विष घोलिरहेछन
यसलाई कलियुग भनु या आधुनिकयुग
मानवहरू सडकमा कपडा खोलिरहेछन
हेर्नुहोस प्रकृतिका नियम कसरी फेरिए
यहाँ घामलेभन्दा जूनले पोलिरहेछन
पागले प्रेमीले हिजो उजुरी दिएको थियो
सरकार मायालाई पैशामा तोलिरहेछन्
वेश्या घरमा पुग्नुस मौसुफ आफै देख्नुहुन्छ
कसरी त्यहाँ जवानीलाई पैशामा मोलिरहेछन
विचित्र संसार देखेर मलाई यस्तो लाग्दै छ
यहाँका हरेक बोलीहरू त एक गोलिरहेछन





No comments:
Post a Comment