.

Saturday, January 11, 2014

*****तुहेको मेरो साहित्य****

थरथरी काँपिरहेको हातमा भारी झोला,
गलाभरी सय पत्रि फुलको माला,
निधारमा अनुहारै छोपीने गरी राता टीका
अनि आँखा भरी आश्रुधारा निरन्तर

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट
मानिसको घुईचो छिचोल्दै,
परीवारको मायालाई मुटुभरी सँगाल्दै
फेरि छिट्टै आउने बाचा साथ
छिरेको म दुबई भन्ने शरहमा

समयसँगै बदलिदो दुनियामा
दिनानुदिन फेरीने यहाँ नियमहरूमा,
मान्छे नभेटिने यो शहरमा,

आफूलाई निरन्तर धसिरहे यहाँको चर्को घाममा
पसीनाको खोलो बगाए यहाँको माटोमा
आफूलाई पथ्थर र चट्टान जस्तो बनाए यो शहरमा

यहीबाट बचेको थोरै समय
यहाँबाट बचेको केही पल
फेसबुक मार्फत साहित्यमा प्रवेश गरे
गरे यहाँको रंगीन साहित्य जगतमा

निखारे आफूलाई विस्तार बिस्तार
कोमलो मनलाई चिरफार गरे
त्यसलाई प्रस्तुत गरे साहित्यमा
र केही हल्का परीवर्तन गरे साहित्यमा

मेरो साहित्य यात्रा अंकुराउन मात्र लागेको पल
केही लक्ष्यतिर दुगुरिरहेको पल
फेरिए साहित्य नियमहरू,निस्किए नयाँ विधाहरू,
जमिन फाट्ने गरी, आकाश उघार्ने गरी

तर विचरा मेरो सहित्य
निमोठिन लाग्यो पलभरमै
च्यातियो पलभरमै
कोही सिन्का बनेर
काहि छेस्का बनेर
कोही कप्टेरा बनेर
बास यस्तै यस्तै विधा बनेर

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग