.

Saturday, January 11, 2014

****आधुनिक गजल******

उसले सिन्का बनायो म टपरी बनाउछु 
दाइले कप्टेरो बनाए म थपरी बजाउछु

कोही लट्ठी बनाउदा तिमी दाउरा बनाउ
निउ खोज्न आउनेलाई मैले पन्छाउछु 

नाम पुगेन भने चिन्ता नगर कत्ति
बाहिरी राष्ट्रबाट सहयोग मगाउछु 

बाँकी नराखी रचनामा कुनै नाम राख्न
मैले पनि अगल एउटा नाम कमाउछु

हेर्नु भोलिको त्यो कान्तिपुर पत्रिकामा
साहित्यकार विवश भनी नाम छपाउछु

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग