.

Tuesday, January 7, 2014

कविता (*****म विदेशी भए******)

शुशेली हाली बगिरहने काली नदी
वारिपारि ठुला ठुला पहाडहरू,
माथि पट्टी समथर भू–भाग 
त्यही भू–भाग भित्र रहेको शुन्दर बस्ती,

केही साल पहिले त्यहिँ सुन्दर बस्ती,
हरीयाली फाटहरू, 
कोइलीका मधुर गुञ्जनहरू,
खेतमा पहेलै भएर झुलिरेका धानहरू,
सबैलाई मन मुटुमा सजाएर,
रङ्गीन सपना मुटुमा बोकेर,
शिरमा ढाका टोपी ढल्काएर
विदेश पलाएन भएको म

आज यो विदेशिरहनसहनले,
यहाँ प्रयोग भैरहने मेसेनरी जीवनले,
यहाँको अनेक भाषा भाषीहरूले
अनि मान्छे हराउने शहरको बसाईले

भुलिसके मेरो प्यारो बस्ती
मेरा ती खेतमा झुलेका धानका बालाहरू,
सुमधुर गीत गाउने कोइलीका स्वरहरू,
कलकल बगिरहने काली गंगाका तटहरू,
नेपाली अनि नेपालीको पहिचान ढाका टोपीहरू,
अनि मेरो प्यारो भेष भुसाहरू

त्यसैले
अब बज्ने छैनन नेपाली गीतहरू म भित्र,
हुने छैन ममा नेपाली पन
नेपाली बिरताको गाथा
अनि त्यहाँको रीतिथिति

किनकि
म अब विदेशी भएको छु
मलाई यहाँको रहनसहन मन पर्छ
मलाई यही मान्छे हराउने शहर मन पर्छ
कोदो ढेडोभन्दा बास्मती चामल मन पर्छ
अनि रेप र डिस्को गीतहरूले मन छुन्छ

मलाई माफ गरीदिनु नेपाल आमा
मलाई क्षमा गरीदिनु कला संकृति
मलाई भुलीदिनु मेरा नेपाली सहेलीहरू
बास मलाई रम्म दिनु यही संकृतिमा
यही शहरमा
अनि यही बस्तीहरूमा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग