देशले मागे ज्यान दिन्छु शिर झुक्न दिन्न अब
दुस्मन सामु डटि लड्छु तीर चुक्न दिन्न अब
गुमेका ती सबै भुभाग सुस्ता टिस्टा नालापानी
फर्काएर ल्याउछु अब कतै थुक्न दिन्न अब
एकएक गरी धोस्त पारी वैरीको लालकिल्ला
धपाउछु नेपाल बाटै अंह लुक्न दिन्न अब
सातो खान्छु दुस्मनको चाहे परोस मर्न बरु
शान्ति दुत बुद्ध मेरो भन्दै भुक्न दिन्न अब
कृर्षी क्रान्ती गर्छु आजै फलाउछु सुन यही
अरुलाई मेरो देशमा कसम ढुक्न दिन्न अब
छेडेपछि युद्ध मैले यो देश मेरो बचाउनलाई
जस्तो परोस विपत यहाँ मरे रुक्न दिन्न अब

No comments:
Post a Comment