.

Saturday, February 8, 2014

गज़ल (शत्रु बने शहरमा)

मेरा आफ्नै मित्रहरू शत्रु बने शहरमा
कोही बने बाध्यतामा कोही बने रहरमा

आफै मरी सधैँभरी ज्यान धितो राखेपनि
छुरा रोपि भागी गए रात्री कालीन् प्रहरमा

घर देखी टाढा हुदा दुःख व्याथा गाढा हुँदा
मन त्यसै भुलाउछु समुद्रि त्यो लहरमा

पराईको घुम्टो ओडि मेरी माया गए पनि
याद अँझैँ बाँकी होलान् कहीं कतै डहरमा

मेरो माया टुक्रा पारी मुटु छिया पारेपछि
बाचा कस म बगी गए पानीसँगै नहरमा

विदेशमा कैले काँहि अतितलाई सम्झिएर
त्यसै त्यसै डुब्ने गर्छु विवश भै जहरमा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग