.

Saturday, February 8, 2014

गीत........................................

गीत........................................
मनमा छुरा धसेर बाहिर हाँसेर के भो
दिँनहु यादमा जलेर मैले बाँचेर के भो

नातागोता ईष्टमित्र सबैबाट टाडिएर
मेरै अघि पराईसँग मेरी माया नाडिएर
चुडाई गा'सी प्रेमको बन्धन गाँसेर के भो
दिँनहु यादमा जलेर मैले बाँचेर के भो

मर्ने अठोट गरिसके सबैबाट बिदा लिई
सोच्ने छैन कुनै बेला मेरी मायासँगै थिई
यस्तो पलमा बाजा बजाई नाँचेर के भो
दिँनहु यादमा जलेर मैले बाँचेर के भो

मनमा छुरा धसेर बाहिर हाँसेर के भो
दिँनहु यादमा जलेर मैले बाँचेर के भो

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग