.

Sunday, February 23, 2014

गज़ल (फुल्न कहाँ सक्छु र म)

ओइलिएको फूल नहु फुल्न कहाँ सक्छु र म
तिम्रो दिलको बगैचामा डुल्न कहाँ सक्छु र म

छाडे मलाई आफन्तले कोपिलामै भुई झारी
भए बेहाल समाजमा खुल्न कहाँ सक्छु र म

खाते भइयो बाबुआमा हुदाँ पनि जन्म जातै
अब रंगीन दुनियामा
घुल्न कहाँ सक्छु र म

विलिन भासी स्वप्नाहरू टुक्रि जाँदा इच्छाहरू
सगर माथा शिर बनी
चुल्न कहाँ सक्छु र म

जीवन यात्रा अन्य हुदाँ विवश बनी बाँच्नु पर्दा
तिम्रो माया छातीभित्र
हुल्न कहाँ सक्छु र म

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग