मान्छे र जनावर बिच फरक पाउन सकिन
जात भात र थर बिच फरक पाउन सकिन
उजाड भए उजाड मत बिरानो यो शहरमा
मरु भूमि र घर बिच फरक पाउन सकिन
बगेका छन आशु मेरा बर्खे भेल जस्तो यहाँ
नदी अनि सागर बिच फरक पाउन सकिन
मारी मलाई मारी उस्ले नशालु ती नयनले
मन अनि अधर बिच फरक पाउन सकिन
जहाँ जान्छु दुखै दुख परेका छन जिन्दगीमा
गाउँ अनि शहर बिच फरक पाउन सकिन
जात भात र थर बिच फरक पाउन सकिन
उजाड भए उजाड मत बिरानो यो शहरमा
मरु भूमि र घर बिच फरक पाउन सकिन
बगेका छन आशु मेरा बर्खे भेल जस्तो यहाँ
नदी अनि सागर बिच फरक पाउन सकिन
मारी मलाई मारी उस्ले नशालु ती नयनले
मन अनि अधर बिच फरक पाउन सकिन
जहाँ जान्छु दुखै दुख परेका छन जिन्दगीमा
गाउँ अनि शहर बिच फरक पाउन सकिन





No comments:
Post a Comment