दिनै पिच्छै जहाज खस्छन कस्तो बिडम्बना
मन्त्री मन्डल हेरी बस्छन कस्तो बिडम्बना
उडौ भने झरिने डर गुडौ भने पल्टिने डर
जता पनि जनता फस्छन कस्तो बिडम्बना
वर्षे भरी कुर्चीको खेल विकास छैन यहाँ
हुन्छन मन्त्री दुलो पस्छन कस्तो बिडम्बना
आज भोलि राजनीति देखावटि भएको छ
चुनाव गर्छन् रंग धस्छन कस्तो बिडम्बना
छैन शान्ति छैन चयन कठै मेरो देश भित्र
नेता सधैँ चिल्लो घस्छन कस्तो बिडम्बना
मन्त्री ज्यूँको विरुद्धमा विवश कलम चलाएछ
धम्की दिन्छन डोरी कस्छन कस्तो बिडम्बना
मन्त्री मन्डल हेरी बस्छन कस्तो बिडम्बना
उडौ भने झरिने डर गुडौ भने पल्टिने डर
जता पनि जनता फस्छन कस्तो बिडम्बना
वर्षे भरी कुर्चीको खेल विकास छैन यहाँ
हुन्छन मन्त्री दुलो पस्छन कस्तो बिडम्बना
आज भोलि राजनीति देखावटि भएको छ
चुनाव गर्छन् रंग धस्छन कस्तो बिडम्बना
छैन शान्ति छैन चयन कठै मेरो देश भित्र
नेता सधैँ चिल्लो घस्छन कस्तो बिडम्बना
मन्त्री ज्यूँको विरुद्धमा विवश कलम चलाएछ
धम्की दिन्छन डोरी कस्छन कस्तो बिडम्बना





No comments:
Post a Comment