.

Friday, February 21, 2014

गीत......................................

गीत......................................
उद्धार गर्न नसकेर हेरी बस्दा मन दुख्यो
अर्गखाची पहाडमा जहाज खस्दा मन दुख्यो

केही मानिस अकालमा मृत्यु हुन बाँध्य भए
परीवारका स्वाप्ना पनि हेर्दा हेर्दा तुहि गए
रुदै रुदै सुरक्षा बल लास कस्दा मन दुख्यो
अर्गखाची पहाडमा जहाज खस्दा मन दुख्यो

लापरबाहि सरकारको औला कस्ले उठाउने
कति दिन होला हामी यस्तो टाउको
फुटाउने
चुनाव जीती मन्त्रीहरू दुलो पस्दा मन दुख्यो 
अर्गखाची पहाडमा जहाज खस्दा मन दुख्यो

उद्धार गर्न नसकेर हेरी बस्दा मन दुख्यो
अर्गखाची पहाडमा जहाज खस्दा मन दुख्यो

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग