.

Friday, February 21, 2014

गजल (तपाई हेर्दै जानुस)

केही चमत्कार हुनेछ तपाई हेर्दै जानुस
मान्छे कुलंगार हुनेछ तपाई हेर्दै जानुस

तिमी प्रमेलेनै संसार जीत्ने सोचमा छौ
यहाँ घृणा अपार हुनेछ तपाई हेर्दै जानुस

वीर गार्खाली तिमी सहिद भएर देखाउ
मरेको प्रचार हुनेछ तपाई हेर्दै जानुस

अब लोकगित भुलेर डिस्को लागियो भने
हातमा गी
तार हुनेछ तपाई हेर्दै जानुस

आजकाल बलत्कार कताकति भएको छ
अब बार
बार हुनेछ तपाई हेर्दै जानुस

यसै गरी नेताहरू कुर्सी मात्रै ताक्यौ भने
छिट्टै मारा
मार हुनेछ तपाई हेर्दै जानुस

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग