.

Friday, February 21, 2014

गीत.............................................

गीत.............................................
मरुभूमि शरहरमा कसो गरी बाँचु प्यारी
तिम्रो यादले सताउछ कसो गरी हाँसु प्यारी

खुसी साथ हामी दुई रमाई रमाई भुली पिर
हिजो जस्तै लाग्छ मलाई हिडेका ती तारे भिर
बियोगमा छट्पटाई कति दिन नाँचु प्यारी
तिम्रो यादले सताउछ कसो गरी हाँसु प्यारी

रुदा रुदै परदेशमा ज्यान मेरो सुक्ने भयो
मन्द मन्द चलेको श्वास अनायसै
रुक्ने भयो
जीवन मेरो ढल्ने बेला साइनो कता
गाँसु प्यारी
तिम्रो यादले सताउछ कसो गरी
हाँसु प्यारी

मरुभूमि शरहरमा कसो गरी
बाँचु प्यारी
तिम्रो यादले सताउछ कसो गरी
हाँसु प्यारी

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग