.

Friday, February 21, 2014

गजल (जीन्दगानी चलाउछन् )

यहाँ कैयौँ यस्तै गरी जीन्दगानी चलाउछन् 
कतै मान्छे मुर्ख बन्छन् कतै भने बनाउछन्

यो शहर भित्र पनि विचित्रको संसार छ
जहाँ पैशा देखाएर मान्छेलाई दलाउछन्

तिम्ले माया भुलाउन सोमरस लिन भन्यौ
मेरा तन हिजो आज घृणाले नै
गलाउछन्

विज्ञानले आज भोली चमत्कार गरेको छ
सुन्तलाको बोट रोप्छन् नासपती फलाउछन्

मेरो बाले भनेको त्यो अझैँ पनि सम्झिराछु
दुष्ट पापी मान्छेहरु टुप्पो बाट पलाउछन्

जब यहाँ पीडा हुन्छ दुःख कष्ट सुरु हुन्छ
पराईको छाड कुरा आफ्ना लेनै छलाउछन्

विवशका गजलहरु पढे पछि यस्तो लाग्छ
अब छिट्टै यिनि पनि गजलकार कहलाउछन्

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग