.

Saturday, February 8, 2014

गज़ल (लाग्न छाडे यी रातहरू )

तिमी बिना रंगीन लाग्न छाडे यी रातहरू 
घरी घरी तिम्रै तस्वीर छुन्छन् मेरा हातहरू

सुस्त सुस्त कोल्टे परी सुतौ भने विस्तारामा
अतित अनि वर्तमानका बल्झिन्छन् घातहरू

जून हेरी भुल्न खोज्छु बिताएका पलहरू
गाँठो परी आइदिन्छन मुटु माझ बातहरू

दुनियाँ भुली एक्लो बनी बाँच्न खोज्दा एकान्तमा
उन्मुक्त भै पोखिदिन्छन यौवनका मातहरू

खै कसरी भुलुला र तिमी अनि तिम्रो तस्वीर
आज जस्तो लाग्छ मलाई उठाएका लातहरू

तिम्रो लागि जीवन त्यागी मर्ने अठोट गर्दा पनि
किन मलाई झस्काई दिन्छन यी अनौठा पातहरू

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग