.

Saturday, February 8, 2014

गीत (मलामीले मलाइ घेर्दा आउनु )

मरे पछी मलामीले मलाइ घेर्दा आउनु 
शंख बजाई लाश माथि कात्रो बेर्दा आउनु

रुवा बासी चल्दै गर्ला साथी संगी माझ
आमा भन्लिन् छाती पिटि छोरा बित्यो आज
बाबा पनि छोरा भन्दै मलाई हेर्दा आउनु 
शंख बजाई लाश माथि कात्रो बेर्दा आउनु 

बगरको चित्ता माथि मेरो लास राख्दा
मलामी र आफन्त जन रुदा रुदै थाक्दा
संसार छाडि विवशले जूनी फेर्दा आउनु
शंख बजाई लाश माथि कात्रो बेर्दा आउनु

बाबा पनि छोरा भन्दै मलाई हेर्दा आउनु
शंख बजाई लाश माथि कात्रो बेर्दा आउनु 

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग