.

Saturday, February 8, 2014

****पिल्सिएका शहिदहरू****

****पिल्सिएका शहिदहरू****
छातीमा नेपाल आमाको ध्वज 
मुटुभरी नेपाल नेपालीको माया
अनि मनमा स्वतन्त्र नेपालको कल्पना

चारैतिर नेपाललीको स्वतन्त्रता माथि
नेपालीको बाँच्न पाउने अधिकार माथि
लेख्न पाउने स्वतन्त्रता माथि
कु राजनीति गरेर बसेको गद्धारहले
देशभरी आफ्नै प्रभुत्व जमाएकाहरूले
आफ्नै लेडेढिपी कानूनु बनाउनेहरूले

पिल्सिएको अधिकारलाई स्वतन्त्र बनाउन
हरेक नेपालीको हक अधिकार स्वतन्त्र बनाउन
कानूनलाई सही मार्गनिर्देशन गर्न
र सबैलाई खुलेआम लेख्ने पढ्ने अधिकार दिन

हिडेका थियौ छाती भरी भाला रोपेर
विदशीहस्तक्षेपको प्रतिकार गर्न
ज्यानलाई मृत्यु शैयामा राखेर
मनलाई नेपालीको ढुकढुकीमा साचि राखेर

अनि
अनेक त्याग, बलिदान
र अनेक ज्यानको आहुति दिएर
ल्याएका थियौ प्रजातन्त्र, स्वतन्त्र


शहिद बनेर किताबको एक कुनामा
कसैको मन मस्तीष्कमा
अनि सबैको उच्च स्थानमा स्थापित भएका थियौ
तर
बदलिदो समयसँगै
अनेका शहिद भए यहाँ
अनेका मान्छे मारिए यहाँ

कोही गाडिले किचेर
कोही रुखबाट लडेर
कोही भिरबाट खसेर

तर अचम्म
ती पनि शहिद भए हामी जस्तै
ती पनि ठुला मान्छे भए हामी जस्तै
अनि बसे नेपालको एक इतिहासमा
गुनगुनाइ ए नेपालीको एक मनको भित्तोमा
अमर शहिद बनेर

त्यसैले
लाज लागेको छ शहिद हुनुमा
घृणा जागेको छ एक स्वच्छ मान्छे गनिनुमा
वितृष्णा जागेको छ शहिद गेटमा टागिनुमा

किनकि
पछिल्ला पुस्ताले हामीलाई पनि नगाबुन
भिरबाट खसेर अमर भो भनेर
रुखबाट लडेर अमर भो भनेर
अनि खोलाले बगाएर शहिद भो भनेर
बस गाडिले किचेर शहिद भो भनेर 

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग