.

Saturday, February 8, 2014

गज़ल (कबुल गर्नु राम्रो)

माया प्रेम लाउनु अघि कबुल गर्नु राम्रो
दुई मुटु एक बनाई नजिक सर्नु राम्रो

मुस्कुराउदै बगान माथि तिमी उता हुँदा
मिल्दै झुल्दै बाँस्ना छरीसँगै झर्नु राम्रो

रातमा जून दिनमा सूर्य हरेक पल झेली
जस्तो हुन्छ त्यस्तै बिच मख्ख पर्नु राम्रो

तिम्रो काख मेरो शरीर सुम्पीदिदा ज्युँ ज्यान
लठ्ठ परी मद होसीमा जंगार तर्नु राम्रो

जीवन भर प्रेम प्याला पिई तृप्ती भएपछि
धर्ती गंगन छाड्नु पर्दासँगै मर्नु राम्रो

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग