.

Saturday, February 8, 2014

गीत.....................................

पराईको अंगालोमा रमाउनु सधैँ भरी 
आँशु झर्ला कहि कतै थमाउनु सधैँ भरी 

भुलिदिनु हाम्रो नाता कुनै दिन थियो भनी
मै बसुला सधैँ सधैँ अतितको याद बनी
राम्रोसँग उतै घरबार जमाउनु सधैँ भरी
आँशु झर्ला कहि कतै थमाउनु सधैँ भरी 

मरी जानु छदै छत पीर अब मान्ने छैन
एक्लै बस्छु जीवनमा कोही साथी छान्ने छैन
जस्तो जेछ उस्कै हात समाउनु सधैँ भरी
आँशु झर्ला कहि कतै थमाउनु सधैँ भरी

पराईको अंगालोमा रमाउनु सधैँ भरी
आँशु झर्ला कहि कतै थमाउनु सधैँ भरी 

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग