उपन्यास
घ्वाङ् घ्वाङ् अचानक ठुलो आवज सहित डोजर प्रवेस गर्यो दिमीकको बिच बस्तीमा, भत्काउन थाल्यो पल भरमै डाँडाँ काडाँहरू, गराउन थाल्यो समथर बाटो पलभरमै, अनि फोड्न थाल्यो ठुला चट्टानहरू बड्म बड्म, गाउँलेहरूे छिनभरमै जम्मा भए हरी, गोपाल, भरत, नारन, चक्रपानी, हुम नाथ अनि राधारहरू, ओइरीन थाले केटाकेटाहरू र चिच्याउन थाले लौ डोजर आयो लौ डोजर आयो, बुढाबुढिहरू एकआपसमा कुराकानी गर्न लागे होइन यो त भिम नै रहेछ कि क्याओ बाबै यति ठुलो पहाड पनि छिन भरमै टुक्रा पार्छ त गाठे, कुरा काटदै हुम नाथ कि आमा भन्छिन होइन ए ठुली यो त भाले हो कि पोथी हो खान्छ त यत्रौ माटो उठाउछ त यत्रो माटो एकै छिनमा हामीले एउटा डोको भरी बोक्न नसक्ने माटो एकैचोटि उठाउछ त होइन यो त कान्छी जेमराज नै हुनुपर्छ यो त माथि स्वर्गतिर बाटै आएको हुनपर्छ हनुमानले जस्तो पहाड उठाछत गाठे, तल्लो घरे साहिली चिच्चाउछन होइन ए हुमे कि आमै यसले खाना कहाँबाट खान्छ हेर त कति खादो हो नभए कसरी बल आउछ आउछ यसरी ?? प्रश्न उत्तर एकटकले चलिरहन्छ । उता पल्लो पट्टी हुम नाथ गमक्क परेर गफ छाड्छन होइन हरी प्रसाद बा अब त गाउँ पनि विकास हुने भयो, नून तेल लिन गल्याङ्सम्म धाउन नपर्ने भो आउनु भो यही डुन्नराजको पसलमा, मिल्ने भो सस्तो अनि खान पाइने भयो तोरीको तेल तराईको पहाडमा बसे पनि, हरी प्रसाद बा मुख उज्यालो पर्छन कपाल मुसास्छन अनि लामो दाह्रीलाई काइयो कोर्दै भन्छन ठिक भनिस बाउ अब छोरा नातिले गल्याङसम्म धाउन नपर्ने भो हाम्रा पैसा नपर्ने डाँडाहरूको पनि भाउ बड्ने भो अब केही होला जस्तो छ है बाबै त्यही बेलमा उता पट्टि रुख ढल्छ जोडले पट्ट्ट झडम्म भुईमा पछारिन्छ, उड्छ धुलो फुङ्ङ् मडारिन्छ बस्तीहरू बिच केही बस्तु नदेखीने गरेर अनि हावामा बिस्तार बिस्तार गोले पर्दै उड्छ माथि माथि लाग्छ सिखरडाँडातिर र बिलिन हुन्छ कुनै कुनामा गएर त्यही पलमा चित्याउछन बुद्धबाहादुर होइन हो यी केटाकेटीलाई कत्तिभन्दा पनि नहुने हाउ अल्ली पर बसेर हेर न मोराहरू अहिले रुखले लाग्ला र मोरौला सिंनाहरू जतिभन्दा पनि हुदैन है यी बाँदरहरूलाई, उता केटाकेहीरु बाँसको सुप्लो लिएर कुरै नसुनी घिसेरी खेल्छन दुर्गुछन डोजरको पछि पछि लौ गुरुजी हामीलाई पनि चडाउनुस न डोजरमा भन्दै, लाग्छन बेतोडले आँखै नहेरी समाउछन कट्टु एक हातल टोक्छन कमिज मुखले अनि निरन्तर भागिरहनछन उही चालले केही नसुनि, पत्रत्त आउछ आउछ हेर्छन सबै एकटकले बिचरो खसेछ काल्लाबाट पुगेछ खोली निर लौन के भो चिच्याउछिन हुन नाथकी आमा हुन्छन सतर्क सबै जाना अनि दुर्गुछन प्रदिप भएको ठाउँमा उठाउँछन अनि भन्छन यी मोराहरूलाई जति भने पनि लाग्दैन हेर बिजोक, प्रदिपका नाकका दुई पोराबाट रगत बगिरहन्छ निरन्तर त्यो देखेर हुम नाथ फेरि चिच्याउछन होइन यो केटाले अगिनै भनेको नभाग है नभाग यसरी पछि मरे सुन्ने होइन कति दुःख दिएको यसले पनि एैले देखीछ बल्ल उठाउछन हात मुठि कस्छन अनि ताक्छन गालामा अनि जोडले लैजान्छन तर मन फेरिएछ तल्कालै हान्दैनन हात तल झड्कार्छन अनि भन्छन तँलाई भोलिबाट आउलास डोजर हेर्न थुनेर राख्नेछु घरमै उताबाट हरी प्रसाद चिच्याछन ए हुन नाथ छाड् छाड् केटा केटी हो यस्तौ त भैहाल्छ रिस थाम बा रिस थाम के गर्छस बच्चा बच्ची खेल्ने मन त भैहाल्छ नि पुलुक्क हेर्छन हुमनाथ अनि अनि छोराको हात समाएर एकटकले रगत बगरिरहेको प्रदिपको नाक हेर्छन, दुर्गुछन छेउमा टिप्छन बनमासको मोन्टा मिच्छन हातमा अनि रस निकाल्छन र लागाइदिन्छन प्रदिपको नाकमा प्रदिप बस हेरिरहन्छ एक टकले बाबुलाई बस बाबुलाई

No comments:
Post a Comment