.

Monday, March 3, 2014

अाधुनिक गजल

मेरी मायाले मलाई मुटु उपाहारमा दिइन
दया पलाएछ क्यार मेरो उपचारमा दिइन

मैलै आफुलाई भाग्यमानी मानैपर्छ यो पलमा
जीवन र मृत्यु बिचको यस्तो संघारमा दिइन

याद आउछ एकदिन मायामात्र के मागेको थिए
विचरी खुसी भएर होला यौवन हतारमा दिइन

अझैनि मैले कहाँ बिर्सेको छु र ति मिठा पलहरु
माया साउनमा दिइन तर चुम्बन असारमा दिईन

अब एउटै कुरा निचोड निकाल्नु छ मैले छिट्टै
उनलै साच्चै मुटु मायाले दिइन या गद्दारमा दिईन

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग