.

Monday, March 3, 2014

गज़ल ( बिरानो यो शहरमा)

मित्रुहरू बैरी हुन्छन बिरानो यो शहरमा
नानाभाती जाल बुन्छन बिरानो यो शहरमा

तातो खुबुस तातो पानी तातै हुदा मरुभूमि 
सम्झिएर आँखा रुन्छन बिरानो यो सहरमा

तिम्रो वियोग अँझैसम्म भुल्न मैले सक्या छैन
याद आउछन् मन छुन्छन बिरानो यो सहरमा

सबै जना मरी मेट्दा पैशा फल्ने आशा बोकी
पिर व्याथा कस्ले सुन्छन बिरानो यो सहरमा

दुःख के हो पीडा के हो बल्ल आज बुझेको छु 
आँशु खस्छन् मुख धुन्छन बिरानो यो शरहमा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग