.

Monday, March 3, 2014

उपन्यास

उपन्यास 

आकाशमा चम्किरहेको जून त्यसको वरीवरी आफ्नै प्रकाश दिएर चमक चमक गरिरहेका तारा जूनको प्रकाशले केही उज्यालो गराइरहेको धर्तीमा एकटकले हिडिरहेका हुमनाथ टक्क अडिन्छन् बस्तीको बाहिर पट्टि अनि स्वस्केरा काट्छन, टाउकोमा ढल्किएको ढाका टोपी एउटा हातले समातेर ढोकाको भित्र चिहाइ चिच्याउछन हे राधा, हे राधा के गर्दैछौ, भित्रबाट आवाज आउछ ए हजुर पो म भक्खरी केटाकेटीलाई खान दिएर बसेकी नि, फेरि हस्याङ् फस्याङ् गर्दै बोल्छिन तपाई त छिटो आउछु भन्नुभएको थियो यति राती किन के भयो धेरै अबेला पो आउनु भो त ?? हुनमथान केही नबोली टक्क अडिन्छन त्यही बेला हावाको एक झोका हुत्तिएर ढोकाबाट भित्र पस्छ अनि चिसो बनाउछ सबैका शरिरहरूलाई, हुमनाथ केही बेरपछि स्वकेरा हाल्छन र भन्छन खै राधा जीवन जीउन अब सहज होला जस्तो लाग्दैन सबै कामहरू उल्टो चलिरहेका छन बाबै के गर्ने के नगर्ने म त केही सोच्न नै सकेको छैन, यी छोराछोरीको भविष्य के हुने होला ?? खै तिमीहरूलाई अब सुख दिन सक्दिन होला बाबै बोल्दा बोल्दै गला अबरुद्ध पार्छन अनि ख्याक्क ख्याक्क गर्छन, त्यत्तिकैमा अगेनाको छेउमा आगो तापिरहेका हुनमाथका बा एक सस्को चुरोट तान्छन् फुहु गर्छन चुरोटको धुवा अगेनाको माथि माथि मठारिदै दलिन निर गाएर फुट्छ र बिलिन हुन्छ अनि फेरि भन्छन के भो छोरा किन उदास मन लिए जस्तो देखिन्छन त बाबु के भो र हाउ त्यस्तो यो उमेरमा किन यसरी बेतालका कुरा गर्दैछस्, उता पल्लो पट्टिबाट हुमनाथ बोल्छन खै के भनु बा भन्नै अप्ठेरो भएको छ अबका दिनहरू हाम्रा राम्रा होलान जस्तो छैन यो बजिया ग्रह पनि मैलाई किन यसरी परिरहेको छ बुझ्न सकेको छैन केही साल पहिले मात्र खेत बेच्नु पर्यो केही होला त्यो पैशाबाट भनेको थिए तर खै केही होला जस्तो भएन आज फेरि दश साल देखी चलाएको सोसाइटिमा कुन मोराले घोटाला गरेछ कुन्नि म केही दिन चलाउन सकेको थिएन आज त एक्कासि छ लाखको कारोबार नोक्सान देखिन्छ त्यो पनि सबै मैले नै बेहोर्न पर्ने हुदैछ, बा अब हाम्रा दिन गए जस्तो लाग्छ, बा पून एक सर्को चुरोट तान्छन मुहार रातो रातो पर्छन र जोड्लै धुवा फाल्छन हावामा फुहुुहु अनि खेएक थुक्क गरेर थुकेपछि पुन भन्छन के गर्छस बाबै दिन लागेपछि सबै नराम्रो हुदो रहेछ तैलै पनि जानेर गरेको होइन क्यार अब भयो त पिर मानेर हुन्छत बाबु पिर नलिग अब त जेठो नाति प्रदिप पनि ठुलो भैसकेको छ केही जान्नी बुझ्नी भैसकेको छ अब केही साल पछि दुबइ कतारतिर पठाउला अनि सबै ठिक हुन्छ बाबै यसरी पिरलो नमान, एकछिन वातावर मौन रहन्छ त्यत्तिकैमा खाना सकेर हुमानाथका छोराछोरी ए बाबा आउनु भो भन्दै दुगुर्दै आएर पिढिको एक छेउ बस्दछन अनि बाबा बाबा किन यति राती आउनु भएको किन आमाले कति पिर मान्नुभएको थियो भनेर गुनगुन गरिरहन्छन...............

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग