.

Monday, March 3, 2014

गज़ल (जल्दा तिमी आउनु सानु )

मेरो चिता बगरमा जल्दा तिमी आउनु सानु 
चितासँगै मेरो संसार बल्दा तिमी आउनु सानु 

छोडेपछि संसार यो नीर्जीव तन भुईमा राखी
फूल अक्षता अधरमा दल्दा तिमी आउनु सानु

बग्छन् होला अस्तुहरू सागरको बिच बिचमा
माया रुपी प्रतिविम्ब ढल्दा तिमी आउनु सानु

घर फर्कि मलामीले मेरो कथा बाचन गर्दा
सुन्दा सुन्दै मान्छेहरू गल्दा तिमी आउनु सानु

कुनै दिन दुवै मिली तिम्रो यौवन सजाएको
मायारुपी हाम्रो चिनो चल्दा तिमी आउनु सानु

जसो तसो पाईलाहरू अघि चाल्दा नियतिले
जवानीमा विवशलाई छल्दा तिमी आउनु सानु

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग