मान्छे यति को रुन्थ्यो र सोचे जति हुने भए
स्वप्ना मात्र को बुन्थ्यो र सोचे जति हुने भए
धर्ती भित्र बोझ हुँदा चन्द्र पुगे मान्छेहरू
नत्र जुन को छुन्थ्यो र सोचे जति हुने भए
मन भित्र अँझैँ पनि पापीनीका तस्वीर छन्
नत्र आँशु के चुहुन्थ्यो र सोचे जति हुने भए
कलि युग लागेसँगै मान्छे पापी भएर हो
बृद्ध आश्राम हुन्थ्यो र सोचे जति हुने भए
पापीलाई दण्ड दिन मन्दिर बन्या हुनुपर्छ
भगवानले सुन्थ्यो र सोचे जति हुने भए
विवश पनि आफै भित्र जलेको छ बुझ्नुपर्छ
आँशुले मुख के धुन्थ्यो र साचे जति हुने भए

No comments:
Post a Comment