.

Tuesday, March 25, 2014

गज़ल (अनेक थरीमा आउने गर्छन)

मान्छेहरू यहाँ अनेक थरीमा आउने गर्छन
कोही बिपनीमा कोही निदरीमा आउने गर्छन

बकुल्लाहरू पनि जीवन जिउन कै लागि होला
माच्छा खोज्दै बिहान पोखरीमा आउने गर्छन

आफ्नै बाबुबाट सुरक्षित छैनन यहाँ चेलीहरू
त्यसैले त उजुरी दिन प्रहरीमा आउने गर्छन

मेरी प्रिया नै मबाट टाढा भएको दिन देखी
मेरा अनेकाै यादहरू भुमरीमा आउने गर्छन

एउटि नारीलाई बोक्सी भएको प्रामाण दिन
समाजमा कैयौ पापीहरू करीमा आउने गर्छन

अरुको के कुरा हाम्रै नेपालीहरूलाई हेर्नुस त
पैशाको लागि विदेश चाकरीमा आउने गर्छन

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग