.

Wednesday, March 26, 2014

गीत........................................

तन मेरो मुर्दा सरी ढलेपछि आउनु प्रिया
आगोमाथि लाश मेरो बलेपछि आउनु प्रिया
.
बाँचुन्जेर घृणा गर्यौ साथ कहिल्यै पाइन
तिम्रो दिल्को बगैचामा फूल सरी छाइन
अब भने धर्ती बाटै चलेपछि आउनु प्रिया 
आगोमाथि लाश मेरो बलेपछि आउनु प्रिया
.
आँशु झारी नरुनु है देखाएर दुनियालाई
सधैँ भरी बस्नु पर्छ तिमी त रमाई रमाई
खुसीसँगै पीडाहरू चलेपछि आउनु प्रिया
आगोमाथि लाश मेरो बलेपछि आउनु प्रिया
.
तन मेरो मुर्दा सरी ढलेपछि आउनु प्रिया
आगोमाथि लाश मेरो बलेपछि आउनु प्रिया

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग