.

Wednesday, March 26, 2014

गज़ल ( दुई दिने मानिसको चोलाबाट)

म गुज्रेपछि दुई दिने मानिसको चोलाबाट
मैले केही सिक्न चाहे बगिरहने खोलाबाट

बैज्ञानिक पनि त केही विकास गर्नु पूर्व
सयम नाप्ने गर्छन घडी अनि पोलाबाट

हे मनुष्य तिम्ले बुझेर पनि बुझ नपचाउ
बरु केही सिक्ने गर कमीलाको गोलाबाट

आज जति सिंहदरबारमा कुर्लेका छन मन्त्री
हिजो यिन्ले बम फोरका थेँ निकाली झोलाबाट

अब पक्कै केही गरेर देखाउने छ विवश पनि
किलो ग्राम बुझ्नु अघि हिसाब गरी तोला बाट

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग