.

Saturday, March 22, 2014

गजल (भरोसाको बन्धन टुटेपछि)

विश्वास अनि भरोसाको बन्धन टुटेपछि
के अर्थ भो जिन्दगीनै आफ्नाले लुटेपछि
.
खुसीहरू टाढा भागे दुःखहरू नजिक सरे
सधैँ भरी आश्रु धारा आँखाबाट छुटेपछि
.
बर्खे झरी जस्तै बनी रमाउन खोज्दै थिए
सहन पनि गाह्रो भयो असिनाले चुटेपछि
.
दिन्न अब दिन्न मैले दोष अब दैवलाई नि
गल्ती मेरै भाको मान्छु भाग्य मेरै फुटेपछि
.
बिना गल्ती झुटा आरोप मै माथि लगाउछन्
कस्को केनै लाग्दो रैछ समाज नै जुटेपछि

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग