आज विहानै देखी काठमाडौको वातावरण निकै अलग देखिएको छ, हुस्सोले काठमाडुको पुरै खाल्डो ढाकेको छ, लागेको छैन घाम मधुर लाली छर्दै, देखिएको छैन सूर्य कहीं आकाशमा, सायद लुकेको हुनुपर्छ यो धर्ती देखी, सायद पलायमान हुनुपर्छ अर्को कुनै ग्रहतिर, त्यस्तै आभास भएको छ आज काठमाडौ बस्तीमा धेरै दिन पछि ।
हुमनाथ सिरक बाहिर हटाउछन आफ्नो शरिर देखी, दुवै हात लैजान्छन बिस्तारै आँखाको वरिपरि अनि मिच्न थाल्छन दुवै आँखाहरू, अनि बिस्तारै खोल्छन आँखा चिहाउछन् झालको बाहिर पट्टि उफ कस्तो हुस्सु लागेको होइन यस्तो हुस्सु त मैले देखेको थिइन धेरै साल भो आज किन यति साह्रो हुदैछ मनमनै गुनगुनाउछन, फत्फतिन्छन एकोहोरो अनि जुरुक्क उठछन् बिस्तारा देखी लगाउछन चप्पल अनि छिर्छन स्नान कक्षतिर ।
केही बेरको स्नान पछि पून पुरानै चुलो चौकोतिर काम गर्न थाल्छन पकाउछन चिया लगाउछन सुर्पि तर खै किन आज हुमनाथको मन निकै उराठ र उजाड भैरहेको छ, आज धेरै दिन पछि किन याद आइरहेको छ गाउँ घरको, किन सम्झिरहेका छन प्यारी राधा अनि स साना छोराछोरीहरू बुझ्न सकिरहेका छन । यस्तै कुरा खेलाउदा खेलाउदै सिद्धायछन चियाको सुर्पी पनि राख्नछन गीलास जुठेल्लानामा अनि केही अध्यानतिर लाग्छन तर आज उनको मन अध्ययनमा पनि लागिरहेको छैन, त्यसैले त पढिरहेको पुस्तकलाई पुन बन्ध गरेर भान्छा कोठामा प्रवेश गर्छन र बनाउन लाग्छन बिहानी खाना । पखाल्छन चामल बाल्छन चुला अनि बसाल्छन भात, केही बेरको फत्र फत्र आवाज सहित भात तयार हुन्छसँगै तरकारी पकाउछन अनि खाना खाएर लाग्छन जागीरतिर ।
करिब आठ घन्टाको जागीर सिद्धायर फर्किरहेका हुमनाथको मन अँझै पनि शान्त हुन सकिरहेको छैन नत काठमाडौमा बिहानै देखी ढाकेको हुस्सुले छाडेको छ । हुस्सुका कारण आज पाँच बजेनै अन्धकार लाग्न थालेको छ काठमाडौ बालिएका छन बुजुलीहरू घरहरूमा, बालिएका छन बत्ती सडकका छेउ छाउमा, उनी यही प्रकाशलाई छिचोल्दै सवारी साधन अगाडि बढाइरहेका छन दुगुराइरहेका छन बागबजारको भित्री सडकमा एकनासले, एकैछिनमा आकासे पुल निर रत्नपार्क चोक निर आइपुग्छ सवारी साधन टक्क रोक्छन अनि हेर्छन घण्टाघरलाई, निहाल्छन रानी पोखरीलाई अनि चिहाउछन राजदरबार अघिको सडकलाई सबै एकनासले चलिरहेकाछन घण्टा घरको घडी पनि समयको सुचित गर्दै दुगुरिरहेको छ एक नाशले, रानी पोखरी छेउ निर पनि मान्छेहरू ओहोर दोहोर गरिरहेका छन एकनाशले, अनि रत्नपार्कमा पनि मान्छेहरू आफ्नै तालले हिडिरहेका छन कोही चित्याइरहेका छन, कोही व्यापार व्यावसाय गरिरहेका छन, केही बेरको हेराइ पछि सवारीलाई बाँया मोड्छन अनि हुत्तिन्छन खुल्ला मञ्चको अगाडि पट्टिका सडकहरूमा सवरीले क्रमश पुरानो बसपार्क बाग बजार सबैलाई पछि पारिरहको छ उनी निरन्तर अगाडि बढिरहेका छन, केही बेरमै सहिद गेट निर पुग्छन एक फन्को मार्छन निर्जीव सालीकहरूलाई अनि मनमनै प्रणाम गर्छन यी विभूतिहरूलाई अनि हुकिन्छन आफ्नै रफ्तारमा सुन्धारा तिर अनि पुन दाँया मोड्छन सवारी साधनलाई अनि उही रफ्तार मनमा अनेकौ दुविधा सहित दुगुरिरहन्छन आगाडि अगाडि । पुन अर्को आकासे पुल पछडि त्यसको केही केही बेरमै ढेङ्ग आवाज ढोकिन पुग्छ कानमा अनि
बिचरा हुमनाथ पछाडि फर्कन नपाउदै पछारिन पुग्छन सडकको एउटा कुनामा टेक्न पुग्छन हात मुखले त्यो दरदराउदो सडकमा अनि आवाज निकाल्छन आमा आमा । मान्छेहरू जम्मा हुन्छन एकैछिनमा तर हुमनाथ बेहोसी अवस्थामा लडिरहन्छन सडकमा निकाल्छन कानबाट रगत निरन्तर उछिन्टिन आगाडिका दातहरू सडकमा छरपस्त अनि थिलथिलिन हुन पुग्छन सबै अंगहरू एकै झड्कोमा त्यो कोलाहाल वातावरणमा त्यो अनौठो सडकमा अनि अर्धचेत अवस्थामा छटपटीरहन्छन निरन्तर बास निरन्तर
...............
क्रमश

No comments:
Post a Comment