.

Monday, March 10, 2014

गज़ल ( रमेश किन विवादमा)

चोर डाँका पक्राउ गर्दा रमेश किन विवादमा
नेवी नेता जेलमा पर्दा रमेश किन विवादमा

हुदै गर्छ विवाद यहाँ छोड्न हुन्न कार्य तिमी
शान्ति बिज देशमा छर्दा रमेश किन विवादमा

दिन बिराई हुने गर्छ राजधानीमा हत्या हिंसा
यस्तो चालले मान्छे मर्दा रमेश किन विवादमा

साँझ बिहान पेट पाल्न काम गर्ने नारीमाथि
खुले आम इज्जत हर्दा रमेश किन विवादमा

वर्षोसम्म अदालतको ढोका रुग्दै बसेका ती
आँखा बिच अाँशु भर्दा रमेश किन विवादमा

जवाफ दिनुस सुशील ज्युँ जनताहरू सोधेका छन
झाली फटाहा खोरमा सर्दा रमेश किन विवादमा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग