यस्तो मैले दण्ड पाएँ जिन्दगीको धरातलमा
कैयौ पटक ठक्कर खाएँ जिन्दगीको धरातलमा
खोजेकै थेँ बाँच्न यहाँ थकित शरीर घिसारेर
काँडा रोजी फुल गुमाएँ जिन्दगीको धरातलमा
कस्ता कठिन दिन गुजारे सुन्नुहुन्छ मेरा साथी ?
बगर हुँदै सागर धाएँ जिन्दगीको धरातलमा
पीडादेखि अँगालोमा खुसीहरू टाढा भागे
उकालीमा रथ कुदाए जिन्दगीको धरातलमा
जीत्नुभन्दा जिन्दगीमा हार्नुकै छ ठुलो पाटो ।
मरुभूमि मै ओईलाएँ जिन्दगीको धरातमा ।
विवश बनी बाँचे पनि रंगी चङ्गी संसारमा
आफू रुँदै जग् हसाँए जिन्दगीको धरातलमा
कैयौ पटक ठक्कर खाएँ जिन्दगीको धरातलमा
खोजेकै थेँ बाँच्न यहाँ थकित शरीर घिसारेर
काँडा रोजी फुल गुमाएँ जिन्दगीको धरातलमा
कस्ता कठिन दिन गुजारे सुन्नुहुन्छ मेरा साथी ?
बगर हुँदै सागर धाएँ जिन्दगीको धरातलमा
पीडादेखि अँगालोमा खुसीहरू टाढा भागे
उकालीमा रथ कुदाए जिन्दगीको धरातलमा
जीत्नुभन्दा जिन्दगीमा हार्नुकै छ ठुलो पाटो ।
मरुभूमि मै ओईलाएँ जिन्दगीको धरातमा ।
विवश बनी बाँचे पनि रंगी चङ्गी संसारमा
आफू रुँदै जग् हसाँए जिन्दगीको धरातलमा





No comments:
Post a Comment