बाहिर एकनासले झरी परिरहेका छ , आकाशमा बादलु डम्म भरिएको छ, त्यही बादलु बादलबाट पानीका थोपाले तप्प तप्प हमनाथको घरको छाना हुदै दिमिक बस्ती पुरै ढाकिरहेको छ, मानौ आज कतै सानो समुद्रको बस्ती भित्र रोमलिरहेको छ गाउँ मानौ आज सुनामीका केही छालहरू दिमिक बस्तीमा तैरिरहेका छन, आकाशमा बेला बेला जोड जोडले आवाज आइरहेको छ गडङ्–गढ्ङ् योसँगै बिजुलीका झिल्काहरू घरको ढोकाबाट प्रवेश गरेर भित्र कोठामा विलाएमान भएका छन, मानौ आज यहाँ कुनै रंगमन्चमा लगाइएका लाइटहरूको प्रकाश जस्तो देख्न सकिन्छ,।
हुमनाथ जुरुक्छ उठ्छन कपाल मुसार्छन, अनि भन्छन हे राधा आज स्कुल जान पनि मन लागिरहेको छैन हेर त पानी पनि कति परेको होला बाटो सबै हिलाम्मे भएको छ खै के गरु गरु नजाऊ भने हेड मास्टर परियो जाऊ भने पनि पानी परिरहेको छ कतै ठुलै विपत्ती निम्तेउला जस्तो गरेर त्यो माथि पनि मेरो अब जागीरको कुनै ठेगान छैन कति दिनसम्म चल्ने हो, कति दिनसम्म पढाउन पाइने हो त्यो स्कुलमा पनि उफ् स्वस्केरा हाल्छन र फेरि राधातिर एक टकले हेर्दै भन्छन हेर बुढि कस्तो कर्म रहेछ मेरो सानो छदा पनि धेरै दुःख पाए बाबु पनि सधैँ को परदेशी भए घर परीवार बाले कहिल्यै सम्झेनन् छोरा सम्झेर , एक फुटी कौडि दिएनन् सधैँ यिनै आमाले दुःख गरीन, मेलो पात गरीन, मेरो निम्ति दशधारा बगाइन, बिचरी आमाले कहिल्यै दिन भनिनन्, कहिल्यै रात भनिनन् जस्तो सुकै परिस्थीमा पनि मलाई हुर्काइन बढाइन र एउटा राम्रो शिक्षक बनाउन सफल भइन, एकछिन रोकिन्छन हुमनाथ मुख मनिलो बनाउछन र आँशु खस्ला जस्तो आँखाले हेर्छन राधालाई र पून भन्छन त्यो बेला यी बाले पढ्न पनि दिदैन थ्ये पढेको देखे त किताब कापी खोसेर मिल्काइदिन्थे, कति कुट्थे, मसँगै मेरी आमालाई पनि सुम्ला बसेका छन पिटाइका कति चोटहरू लागेका छन हामीलाई बाले पिटेर यस्तो परीस्थितिमा पनि मेरी आमाले बालाई छल्दै, मलाई निरन्तर पढ्न हौसायकी थिइन र एउटा गतिलो शिक्षक बनाएकी थिइन कठै मेरी आमा माहान छिन राधा माहान, कसरी बयान गरु निस्तब्ध छु राधा निस्तब्ध हुमनाथ एक ढिको आँशु झार्छन भुँइमा बररर आँशु पनि आँखाको ढिल हुदै नाकको दुई पोराको छेउ हुदै मुखबाट तल ओरालो लाग्छन र भुँइमा बजारीन पुग्छन.............
क्रमश
मैले लेख्दै गरेको उपन्यासको एक अंश

No comments:
Post a Comment